१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

पक्राउ परेका छैनन् टोपबहादुर रायमाझी

पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रण लिएको हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।

‘रायमाझीलाई भैरहवाबाट नियन्त्रणमा लिइएको भन्ने खबर हल्ला मात्र हो नियन्त्रणमा लिएका छैनौ, प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कुबेर कडायतले भने, ‘रायमाझीका छोरालाइ नियन्त्रणमा लिएका हौँ ।’

सभामुख देवराज घिमिरेसंग भैरहवाबाट काठमाण्डौ जाने हवाई टिकट काटेका रायमाझी बुधवार साँझ विमानस्थल नै गएनन् । पक्राउ पर्ने डरले विमानस्थल नै नगएका रायमाझी भैरहवा क्षेत्रमा बसेको प्रहरीले अनुमान गरेको छ ।

सादा पोशाकका प्रहरी खोजी कार्यमा जुटेका छन् । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । (याे खबर तयार पार्दा सम्म रायमाझी पक्राउ परेका छैनन्)

तपाईको प्रतिक्रिया
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?