लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त बहादुर कुँवरले अर्घाखाँची प्रहरी कार्यालयको निरिक्षण गरेका छन् । गृह जिल्ला आएका कुँवरले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, अनुचित लाभमा शुन्य सहनसिलता, प्रहरी कर्मचारीहरुको सेवा सुविधा लगायत विषयमा प्रकाश पारेका थिए ।
विभिन्न धार्मिकस्थल हरुको भ्रमण गर्नुका साथै आईजिपी कुँवरले जिल्लाको शान्ती सुरक्षा तथा समसामयिक विषयमा सरोकारवाला पक्षसंग छलफल तथा अन्तरक्रिया समेत गरेका छन् । उनले देशको शान्ती सुरक्षा आफ्नो प्रमुख दायित्व रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईराला, सन्धिखर्क नगरपालीकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मिना अर्याल, पुर्व उपसभामुख पुष्पा भुसाल, नेपाली कांग्रेसका सभापती केशव श्रेष्ठ, नेकपा एमालेका सम्भु पोख्रेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल, सबै सुरक्षा निकायका प्रमुखऽ सन्धिखर्क नगरका निवर्तमान उपप्रमुख ठाकुर कुमार विक, समाजसेवी लक्ष्मण पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, कान्तिपुर टिभीका संवाददाता रुद्रमणी भुसाल, नागरिक दैनिकका संवाददाता लक्ष्मण घिमिरे, अम्बिका श्रेष्ठ, सुर्य भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठ र स्थानिय बुद्धिजिवी लगायतको उपस्थिती थियो ।
उनले जिल्लाको शान्ती सुरक्षा, प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी बिटहरुका बारेमा चाँसो राखेका थिए ।