१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

मिडियासँग तर्किँदै कटरिना

बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाह पछि सार्वजनिक रुपमा उनको उपस्थिति कमै छ । यहीकारण उनका फ्यानहरुले सामाजिक सञ्जालमा मिडियासँग कटरीना किन टाढिएकी हुन् ? भनेर जिज्ञाषा राख्‍न थालेका छन् ।

हालैमात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरिना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था कारण नभएको धेरैको ठम्याइ छ। उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।

कटरिना सार्वजनिक रुपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दैछिन् । निर्माताहरु फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् । उनीहरु ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यहीकारण कटरिना आफैंले सार्वजनिक रुपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।

उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कटरिनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यहीकारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?