१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

नम्रता श्रेष्ठको अभिनयमा ‘ह्यासट्याग माया’

ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो ।

निर्माण समूहले छायांकन आउँदो सातादेखि सुरु हुने जनाएको छ । निर्देशक गुरुङले फिल्मको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा पुगेर टुंगिने जनाए । ‘४५ दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं । थ्रिलर विधामा निर्माण हुने फिल्ममा प्रेमकथा पनि देख्न पाइनेछ,’ निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने फिल्मको कथावस्तु प्रेममा केन्द्रित छ । अभिनेत्री श्रेष्ठ शीर्ष भूमिकामा छिन् । फिल्ममा उनी योग प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । उनले यसका लागि कार्यशाला पनि लिएकी थिइन् । ‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । फिल्मलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौं,’ नम्रताले भनिन् ।

फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको श्रृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दिलीप पन्त हुनेछन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?