२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

छानबिनको सामान्य प्रक्रियासमेत पूरा गर्दैन एमाले

राजनीतिक तहबाट हुने गरेका भ्रष्टाचारका अनेक काण्ड नेपालको इतिहासमा दर्ज भएका छन् । तर थोरैमात्र नेताहरू कारबाहीको दायरामा तानिएका छन् । जसअनुसार नेपाली कांग्रेसका तत्कालीन नेता चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, जेपी गुप्ता, गोविन्दराज जोशी छन् । त्यस्तै, राप्रपाका रविन्द्रनाथ शर्मा, पद्मसुन्दर लावती लगायतमाथि पनि मुद्दा चल्यो । ललिता निवास प्रकरणमै कांग्रेस नेता विजयकुमार गच्छदार अहिले पनि मुद्दा झेलिरहेका छन् ।

एमाले एउटा यस्तो पार्टीका रूपमा दर्ज भएको छ, जसका कयौँ पदाधिकारी विभिन्न काण्डमा मुछिएका छन् तर तिनको न्यायिक निरूपणका सवालमा उनीहरुले कहिल्यै ‘अग्नि परीक्षा’ दिनु परेन । सुरक्षाकर्मीको हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बनको अवस्थामा पु¥याउन पनि प्रतिनिधिसभाको अघिल्लो अधिवेशनको अन्तिम दिन कयौँ घण्टा बहस र छलफल भयो । विभिन्न दलको चर्को दबाबपछि कोइरीलाई निलम्बन गर्ने सम्बन्धमा एमाले सहमत भएको थियो । जबकि उस्तै प्रकारको मुद्दामा रेशम चौधरी जेल जीवन बिताइरहेका छन् ।

भ्रष्टाचारका काण्डमा मुछिएका एमाले नेताहरू ईश्वर पोखरेल, भानुभक्त ढकाल, पद्मा अर्याल हुँदै टोपबहादुर रायमाझीसम्म आइपुग्दा एमालेका विभिन्न नेताहरू ठाडो फरमानका भरमा आफूलाई निर्दोष साबित गर्ने प्रयासमा जुटिरहेका देखिन्छन् । र तिनलाई पार्टी नेतृत्वले पनि राम्रैसँग संरक्षण गर्दै आएको देखिन्छ । प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन खोज्दासमेत पार्टी नेतृत्वले तिनको संरक्षणका लागि दौडधुप बढाउनेदेखि लिएर संरक्षणका लागि विभिन्न उपाय अबलम्बन गर्ने प्रबृत्ति एमालेमा व्याप्त देखिन्छ । यसले भ्रष्टाचारका सम्बन्धमा एमाले नेताहरूको बोली र व्यवहारमा रहेको भिन्नतालाई पनि राम्रैसँग चित्रण गरेको छ । @ratopati.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?