२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारमाथि एमालेको निरन्तर ‘दबाब’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः चासो व्यक्त गरेका हुन् ।

पछिल्ला तीन दिनमा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेको दोस्रो पटक हो । यस प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उपाध्यक्ष रामबहादुर थापाको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यसअघि पक्राउ परेका ललितपुरका सानु भण्डारीको डायरीमा अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझी र उनका छोरा सन्दीप रायमाझीले करिब ६० लाख रुपैयाँ लिएको खुलेको छ । भण्डारीले रायमाझीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे ।

शनिबारको भेटमा अध्यक्ष ओलीले यस प्रकरणमा भइरहेको अनुसन्धानबारे आफ्नो ‘कन्सर्न’ राखेको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले ‘प्रधानमन्त्रीसँगको भेटमा कोहीले पनि कसैलाई बचाइदिनुहोस् भनेर नभन्ने’ बताए पनि आफू कुनै ‘दबाब’मा नपर्ने जिकिर गरे ।

उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’ @ratopati.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?