२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अर्घाखाँची-पोखरा सम्पर्क समाजद्वारा सुपादेउराली मन्दिरमा ‘डिजिटल बोर्ड’ प्रदान

अर्घाखाँची-पोखरा सम्पर्क समाजले अर्घाखाँचीको धार्मिक तथा पर्यटकिय क्षेत्र सुपादेउराली मन्दिरमा ‘डिजिटल बोर्ड’ प्रदान गरेकाे छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७ मा रहेको सुपादेउराली मन्दिरमा तापक्रम देखाउने, समय देखाउने तथा मन्दिर परिसरमा स्वागत र विदाईका शब्दहरु देखाउने ‘डिजिटल बोर्ड’ उपलब्ध गराएको वडा अध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए ।

पुर्व प्रदेश सांसद बिमला क्षेत्री, अर्घाखाँची-पोखरा सम्पर्क समाजका अध्यक्ष दधिराम खनाल र वडा अध्यक्ष चुरा बहादुर केसीले संयुक्त रुपमा स्विच दबाएर बोर्डको उद्घाटन गरेका छन् । कार्यक्रममा सम्पर्क समाजलाई धन्यवाद दिंदै वडा अध्यक्ष केसीले धार्मिक स्थलमा यस्ता किसिमका कार्यले स्थलको शोभा बढ्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?