नेपाल ट्रेड युनियन अर्घाखाँचीको सातौँ अधिवेशनले गणेशराज पौडेलको अध्यक्षतामा २३ सदस्य जिल्ला समिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कक्षपती श्रेष्ठ, उपाध्यक्षहरु शिवकला पाण्डे, मञ्जु केसी, कृष्ण खनाल, कृष्ण पौडेल, सचिवमा भविश्वर पंन्थी, सहायक सचिवमा होमनाथ बेल्बासे, सहसचिवमा होमनाथ पौडेल, कोषाध्यक्षमा माधव घिमिरे, सहकोषाध्यक्षमा सावित्रा पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मण भण्डारी, चेत नारायण श्रेष्ठ, अजुर्न पौडेल, भोजराज घिमिरे, शान्ता पाण्डे, सावित्रा भुसाल, गिता पराजुली, सुलोचना केसी, राधा बस्याल रहेका छन् ।
ट्रेड युनियन कांग्रेसको केन्द्रिय प्रतिनिधिमा पुष्कर पोख्रेल, गोपाल पंन्थी, प्रदेश प्रतिनिधिमा शंकरमान श्रेष्ठ, फसुराम पाण्डे, गोविन्द पौडेल, केशव घिमिरे रहेका छन् । अधिवेशन कार्यवाहक अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालको प्रमुख आतिथ्यतामा समपन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले नेपाली कांगेसको संगठनलाई बलियो बनाएर लैजान पार्टीका भातृ संगठन र सुभेच्छुक संगठनको महत्वपुर्ण भुमिका हुने बताईन् । पार्टी निर्माणमा भातृ तथा सभेच्छुक संस्थाहरुको योगदान अतुल्य रहेको भन्दै भुसालले विभिन्न संघर्षका आन्दोलनमा समेत संस्थाहरुले जिम्मेवारी पुर्वक आफ्नो दायित्व बहन गरेको बताईन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, पुर्व सभापती पिताम्बर भुसाल, कमल प्रसाद भुसाल, पुर्व प्रदेश सांसद निर्मला क्षेत्री, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, कर्मचारी ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम गणेशराज पौडेलको संचालन सम्पन्न भएको हो ।