२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

एमालेलाई सांसद सापकोटाको चेतावनी : रायमाझीलाई खुरुक्क प्रहरीमा बुझाउनुस्

माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन चेतावनी दिएका छन् ।

प्रतिनिधसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषय उठेको हो । त्यसै क्रममा एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थीमात्रै नभई अरु विषय पनि छानबिन गर्नुपर्ने बताएका थिए ।

उक्त कुराको जवाफ दिँदै सापकोटाले भने, ‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा केही कुरा राख्नुभयो । प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नुस् । प्रधानमन्त्रीले बोलेका कुराहरूलाई खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरूलाई नै त्यसले नांगो बनाइरहेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर तपाईंहरूले कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा तपाईंहरूको कल्याण छ ।’

एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाइ छ ।

उनले एमालेले उक्त प्रकरणलाई विषयान्तर गर्न खोजेको र सदन कब्जा गर्न खोजेको बताए । ‘विषयान्तर र खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने शैली छ । यसले तपाईंहरूलाई राजनीतिक ढंगले प्रस्तुत गरेन,’ उनले भने ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?