लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–४,रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याँप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मान बहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।