१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

१८ जना एसपी एसएसपीमा बढुवा

नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा नियुक्त भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार उनीहरूलाई एसएसपीमा बढुवा गरेका हुन् ।

यसअघि भएको सिफारिसका आधारमा एसपीहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल मर्हजन बढुवा नियुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?