२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

कांग्रेस युवाहरुको भेला, सातै प्रदेशमा भेला बस्न संयोजक तोकिए

नेपाली कांग्रेसलाई रूपान्तरण गर्न भन्दै युवा नेताहरूले प्रदेश भेला राख्ने निर्णय गरेका छन्। काठमाडौंमा केही दिनदेखि चलिरहेको बैठक सातै प्रदेशमा भेला बोलाउने निर्णय गर्दै आज सकिएको छ।

जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता भूपेन्द्रजंग शाहीले सेतोपाटीलाई जानकारी दिए। ‘कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरिएको हो,’ शाहीले भने, ‘सातै प्रदेशमा वृहत भेला गरेर छलफल गर्छौं। नेता तथा कार्यकर्ता र जनताका कुरा सुन्छौं। कांग्रेस रूपान्तरणका लागि दबाब दिन्छौं।’

कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिने उनको भनाइ छ। भेला कांग्रेसमा परिवर्तन ल्याउन र रूपान्तरण गर्ने विषयमा केन्द्रित रहने उनले बताए। भेलाका लागि प्रदेश संयोजकसमेत तोकिएको छ।

भक्तपुरको कौशलटारमा आज भएको बैठकले भेला संयोजन गर्न कोशी संयोजकमा गुरूराज घिमिरेलाई तोकेको छ। मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा केन्द्रीय सदस्य मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोक्ने निर्णय भएको हो।

लुम्बिनी संयोजकमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, कर्णाली संयोजकमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिम संयोजकमा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको हो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?