गोपाल प्रसाद भट्टराई । सन्धिखर्क नगरपालिका वडा नम्बर–८, किमडाँडामा भिरमौरीले टोक्दा ५ जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका–२ र ८ को सिमानाको स्थानिय खरबारीमा घाँस काट्ने क्रममा मौरी उडेपछि एकपछि अर्को गर्दै मौरीले टोकेको स्थानियले बताएका छन्।
घाइतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार चलिरहेको छ । घाइते सबै खतरामुक्त रहेको जिल्ला अस्पताल अर्घाखाँचीका सुचना अधिकारी निम रानाले जानकारी दिए ।