१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

आगलागीमा परी पाँच जना घाईते, चारको अवस्था गम्भिर

लक्ष्मण घिमिरे ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागीबाट घर जोगाउन खोज्दा पाँच जना आगोमा जलेर गम्भिर घाईते भएका छन् । वनमा लागेको आगो घरसम्म आएपछी घरगोठ जोगाउने क्रममा पााँच जना घाइते भएका प्रहरीले जनाएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर २ को स्थानिय तिरतिरे जंगलमा लागेको आगो बस्तीमा पुगेपछी आगो निभाउने प्रयासमा घटना घटेको हो । घाईतेहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार पछी पाल्पा रिफर गरिएको छ ।

आगोमा परेर ५५ वर्षिय पदम बेल्वासे, ३६ वर्षिय माधव बेल्वासे, ५२ वर्षिय घनश्याम बेल्वासे, वर्षिय ७२ पिताम्बर बेल्वासे र २६ वर्षिय अस्मिता बेल्वासे जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कृष्ण घिमिरेले बताए ।

घाइतेहरुको शरिरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै अन्य घरहरु जोगाउन सफल भएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?