१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

जटिल बिरामीहरुको उपचारका निम्ती राज्यमन्त्री श्रीपालीको पहलमा आर्थिक सहयोग

पर्यटन राज्यमन्त्री सुशिला श्रीपालीको पहलमा अर्घाखाँचीका दुई बिरामीलाई आर्थिक सहयोग जुटेको छ । सन्धिखर्क नगरपालिका १ निवासी मनिष पराजुली र भूमिकास्थान नगरपालिका ६ निवासी योगेन्द्र सिंह सुनारलाई श्रीपालीको पहलमा आर्थिक रकम जुटाईएको हो ।

घाँटीको क्यान्सरबाट ग्रसित भई उपचाररत रहेका पराजुली र मृगौलाको समस्याबाट ग्रसित सुनारलाई राज्यमन्त्री सिर्पालीको पहलमा ५१ हजारका दरले सहयोग हस्तान्तरण गरिएको हो । उपचारमा आर्थिक अभाव नहोस् भनेरै मन्त्री श्रीपाली विभिन्न संघसंस्थाहरुबाट आर्थिक संकलनमा जुटेकी थिईन् ।

राज्यमन्त्री सिर्पालीले बिरामीको स्वस्थ्यलाभको कामना गर्दै सहयोगमा जुट्न सबैलाई अनुरोध समेत गरेकी श्रीपालीका प्रमुख स्वकीय सचिव विष्णु प्रसाद गैरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?