पार्टी निलम्बनमा परेपछी टोपबहादुर रायमाझीले प्रहरीले समक्ष आत्मसमर्पण गर्ने तयारी गरेका छन्।
पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीले आत्मसमर्पणको तयारी गरेको स्रोतले जनाएको छ । उनि एक साता अँघीदेखी फरार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझीलाई पार्टीले आज नै निलम्बन गरेको छ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।