१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

सर्वोच्चको आदेशपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो ।

रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको बताएको छ ।

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ । उनलाई शुक्रबार ११ बजे अदालतमा उपस्थित हुन भनिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको हो । उनलाई रिहा गरे पनि अहिले घर जान भने नपाउने अदालतको आदेशमा उल्लेख गरिएको छ ।

‘पेसीको समयमा खान इस्लामाबाद पुलिसको सुरक्षामा रहनेछन् । पुलिस लाइन मुख्यालयमा आफूले भेट्न चाहेका आफन्त र कानुन व्यवसायीको नाम लिस्ट भने खानले दिनुपर्नेछ‚’ प्रधानन्याधीश बन्दियालको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

पूर्वप्रधानमन्त्री खानले भने अदालतमा आफूलाई इस्लामाबादभन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गरेका थिए । आदेशपछि खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने खानका वकिल बाबर अवानले बताए ।

उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन चर्किएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?