१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

आगलागी पिडितको भनाई- ‘बरु राहत चाहिंदैन दोषी समातियोस्’

आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी मिना अर्याललगायत सुरक्षा निकायको टोलीले जानकारी लिनुका साथै राहात समेत प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्ला स्तरीय सुरक्षा प्रमुखहरुको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुको कारणबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । आगलागीमा परेर ज्यान गुमाएका चारजनाको परिवारलाई तत्कालका लागि नगद ५० हजार रुपैयाँका दरले राहात उपलब्ध गराएको अर्यालले बताइन् ।

मृतकका आफन्तले दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । पटक–पटक वनहरुमा आगो लागेको तर पहिचान हुन नसक्दा आगलागीका घटनामा वृद्धी भईरहेको उनीहरुको भनाई छ । आगलागी नियन्त्रणमा आएसंगै घटना सेलाउने गरेको भन्दै स्थानियले दोषी पत्ता लगाएर कारवाही नगरेसम्म सँधै यस्ता घटना दोहोरिने बताए । बरु राहत नभएपनि हुने तर दाेषी पत्ता लगाएर कडा कारवाही हुनुपर्ने उनिहरुकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (14%)
  • दुःखी (43%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (43%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?