२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

‘बिन्दास’ टोपबहादुर रायमाझी

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी आज म्याद थपका लागि अदालत लैजाँदै गर्दा ‘बिन्दास’ मुडमा देखिन्थे । गम्भीर अभियोगमा मुछिएर हिरासत बस्नु परे पनि उनको अनुहारमा मुस्कान हराएको थिएन ।

कांग्रेस नेता बालकृष्ण खाणजस्तै रायमाझीलाई पनि प्रहरीले बिना हत्कडी जिल्ला अदालत लगेको थियो । उनले अनुहारमा मास्क लगाउन पनि आवश्यक ठानेनन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट निस्किने क्रममा केही व्यक्ति ‘चोर चोर’ भन्दै चिच्याएका थिए, तर रायमाझीले मतलब राखेनन् ।

जिल्ला अदालतभित्र प्रवेश गर्दा रायमाझी खोइ किन हो, प्रफुल्लित मुद्रामा देखिन्थे । उनले उपस्थित सञ्चारकर्मीलाई हेरेर हात हल्लाउँदै अभिवादन गरे, मानौं कुनै आमसभामा सम्वोधन गर्न लागिरहेका छन् । रायमाझीको हाउभाउबाट कतै पनि उनी हिरासतबाट आएका अभियुक्त हुन् भन्ने भाव पर्थेन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?