१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

चार जनाको ज्यान जानेगरी आगो लगाउने ४ जना पक्राउ, आगो लगाउनेलाई धमाधम खोज्दै प्रहरी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थान नगरपालिका २,ढाकाबाङमा चार जनाको ज्यान जाने गरी बनमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

बनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछी निभाउने क्रममा चार जनाको ज्यान गएको थियो । गत बैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो । एक जना महिला अझै उपचाररत छिन् ।

आगो लगाउने भुमिकास्थान २ का ३६ वर्षिय दिनेश थापा, १८ वर्षिय दिपक बिक, ७० वर्षिय देविराम बेल्वासे र ३६ वर्षिय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जंगली जनावरले सताएर आगो लगाएको उनिहरुले स्विकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्राँई गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारवाहीको प्रक्रिया अँगाडी बढाईएको प्रहरीले जनाएको छ । यो नियममा ६ महिनादेखी दुई वर्षसम्म कैद वा बिस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

अदालतबाट पाँचदिनको म्याद थप गरेर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सन्धिखर्क ७,खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षिय ईश्वरी प्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क ३,खाँचीखर्कमा आगो लगाउने ५० वर्षिय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जनाउने, हेलचेक्राँई गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षती बढेपछी प्रहरीले सक्रियता देखाएको छ । ‘हेलचेक्राँई गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौं,डिएसपी रिजालले भने,‘फागुनदेखी असारसम्म सबै चनाखो बन्नुहोला ।’

तपाईको प्रतिक्रिया
  • खुसी (75%)
  • दुःखी (13%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?