१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

बिजुलीको पोलबाट खस्दा अर्घाखाँचीको किमडाँडामा एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गएको छ । सन्धिखर्क ८, किमडाँडामा सडक छेउँको पोलमा चढेर तार तान्ने क्रममा मिनिट्रकमा तार अल्झिंदा तारसंगै खसेर स्थानिय ४२ वर्षिय कृष्ण बहादुर रानाको मृत्यु भएको वडाअध्यक्ष हुम प्रसाद बञ्जाडेले जानकारी दिए ।

उनका अनुसार रानाले सडक छेउँको पोलमा चढेर तार तान्दै थिए । तार भुँईमै थियो । मिनिट्रक ख्याल नै नगरी जाँदा तार ट्रकमै अल्झियो । तार बेरिएर तन्किंदा पोलमा चढेका राना भुँईमा बझारिएका थिए । अस्पताल ल्याएपछी उनलाई चिकित्सकले मृत घोंषणा गरेका थिए ।

लु १ ख ९५२० नम्बरको मिनिट्रकले सडकमा छरिएको तार माथीबाट गाडी लैजाने प्रयास गरेपछी घटना घटेको हो । घटनामा शिव बहादुर राना घाईते भएका छन् । उनको अर्घाखाँची अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

मिनिट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कृष्ण घिमिरेले बताए ।

राना एक सातापछी वैदेशिक रोजगारिको लागि रोमानिया जाने तयारिमा थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?