लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले भ्रष्टाचारीलाई आँखा चिम्लिएर कारवाही गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारीलाई यो वा त्यो बहानामा उन्मुक्ती दिन नहुने उनको भनाई छ ।
सन्धिखर्कमा नेपाली कांग्रेसका भातृ संस्थाहरुले आयोजना गरेको भ्रष्टाचार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै प्रखरवक्ता पोख्रेलले भ्रष्टाचारीको कुनै पार्टी, धर्म र आस्था नहुने भन्दै जो सुकै भएपनि कारवाही गर्नुपर्ने बताए । आफ्नो र अरुको भन्ने बहानामा कसैले उन्मुक्ती पाउन नहुने उनको भनाई छ । ‘भ्रष्टाचारीलाई आँखा चिम्लिएर कारवाही गर्नुपर्छ,उनले भने,‘आँखा खोल्यो भने निष्पक्ष नहुन सक्छ त्यसैले आँखा चिम्लिनै पर्छ ।’
उपप्रधानमन्त्री समेत भईसकेका व्यक्तीको नाम किर्ते काम र भ्रष्टाचारमा मुछिनु दुखद भएको भन्दै उनले यो अर्घाखाँचीका जनताको विश्वास माथी ठुलो बेईमानी भएको बताए । चार–चार पटक जिल्लाले जिताएर पठाएका सांसदले अमानविय कार्य गरेको जनताले माफ नगर्ने बताए।
कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहेका पोख्रेलले कांग्रेसमा रुपान्तरणको खाँचो रहेकाले त्यसका लागी आफुहरु लागी परेको बताए । पुरानै ढाँचाले पार्टी अँघी बढ्न नसक्ने भन्दै उनले नेतृत्वले गम्भिर भएर सोंच्नु पर्ने बताए ।