के तपाई पनि कोरिया जाने सोँचमा हुनुहुन्छ ? ‘डिजिटलाइजेसन द एजुकेशन सिष्टम अफ नेपाल’ भन्ने लक्ष्य लिएको इट्यूटर क्लासले बुधबारदेखि निःशुल्क कक्षा सञ्चालन गरेको छ ।
इट्यूटर क्लासले देशका विभिन्न ठाउँबाट घरमै बसेर पढुन मिल्ने गरि जेठ १७ अर्थात बुधबारदेखि सञ्चालन गरेको हो । ७ दिनमै निःशुल्क रकम कोरियाली भाषामा अध्ययन् गर्न चाहानेहरुको लागि विशेष मद्धत पुग्ने इट्यूटर क्लासले विश्वास लिएको छ । कक्षा आजकै दिनदेखि एक हप्तासम्म साँझ ७ बजेदेखि सञ्चालन हुनेछ ।
जेठ २३ गतेसम्म सञ्चालन हुने यस कक्षाको लागि इट्यूटर क्लासले भर्चुअल माध्यम अर्थात जुम एप्लेकेशनबाट अध्यापन गराउनेछ । कक्षामा सहभागि हुन जुम आइडी ९८० १७८ ४८१२ र पासबोर्ड १२३४५ प्रयोग गर्न सकिन्छ ।
इट्यूटर क्लासले डिजिटल शिक्षा प्रणालीमा अनलाइन शिक्षण सिकाइ अनुभवलाई सरल र सहज बनाउन विशेष भूमीका खेल्दै आइरहेको छ ।