१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ। गत जेठ १४ गते राति करिव ०८ः३० वजे कपिलवस्तु नगरपालिका वडा नं. ८ मैनिहवा गाँउमा सिताारमा कुर्मीको गोठ र कुखुरा फर्ममा भएको आगलागी पछि त्यहा दमकल पुगको थियो। आगो निभाउने क्रममा दमकलको पानी सकिए पछि आक्रोसित भएका स्थानीय युवाहरुले सवारी चालक घनश्याम कुर्मी, फायरम्यान पल्टु यादव र नगर प्रहरी राम कृष्ण यादवलाई कुटपीट गरी दमकलमा तोडफोड गरेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।

कपिलवस्तु नगरपालिका ८ दोहनी बस्ने बर्ष २५ को अम्मर चौधरी भन्ने राजेश कुर्मी बस्ने बर्ष ३२ का राम प्रसाद कुर्मी र बर्ष ३८ को शिव पुजारी कुर्मीले दमकल कर्मचारीलाई कटपिट गरी दमलका क्षति पुर्एका थिए। दमकलका कर्मचारीले घटनाका दाषीमाथी कारबाही गर्नु पर्ने माग गर्दै नगरपालिकाका लिखित उजुरी दिएका थिए। त्यही आधारमा कारबाहीकालागि नगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो।

साही आरोपमा ३ जनालाईै पक्राउ गरी अभद्र ब्यवहारको मुद्दा चलाएको छ। सोही मुद्दामा प्रहरीले प्रशासन कार्यालयमा मुद्दा दर्ता गराई ५ दिनको म्याद समेत थपेको छ। दमकलको अघीको सिटा फुटको छ। भने टायरमा समेत क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?