१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

पहिरोले गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लगातार तिन दिनदेखी परिरहेको अविरल बर्षाका कारण गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको मुख्य सडक नै अवरुद्ध भएपछी आवातजावत बन्द भएको हो ।

सन्धिखर्क नगरपालिका ६, नरपानीको बहखोरा र शितगंगा नगरपालिका २, सितापुरको भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे–सन्धिखर्क सडकको दहखोला, कोन्द्रेखोलामा र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भैरहेको र वर्षा नरोकिएकाले ठाउँ ठाउँमा निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको डिएसपी रिजालले बताए । ‘सडक खुलाउने प्रयास भईरहेको छ, रिजालले भने,‘वर्षा रोकिएको छैन,एकातिर सडक खुलाउँदा अर्को तिर पहिरो खसिरहेको छ ।’

सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरु बिचमै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?