१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ ।

आज देशभरको मौसम बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने तथा बाँकी कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?