१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

क्रिकेट संघको निर्वाचन असोज पहिलो साता

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अगामी असोज पहिलो साता हुने भएको छ। शुक्रबारको क्यान बोर्ड बैठकले निर्वाचनको मिति तय गरेको हो। जसअनुसार जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० सम्म तथा केन्द्रीय निर्वाचन असोज ५ र ६ गते गर्ने निर्णय भएको हो।

जिल्ला तथा प्रदेश निर्वाचनको अनुगमनका लागि रोचक रेग्मीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ। यस्तै राष्ट्रिय क्रिकेटरको वर्गीकरणका लागि ऋषिराम गौतमको संयोजकत्वमा विनोद दास र दीपेन्द्र चौधरी रहेको समिति बनाइएको छ।

नेपाल प्रिमियर लिगको आगामी संस्करणको लागि पदम खड्काको संयोजकत्वमा कैलास विष्ट र छुम्बी लामा सम्मिलित समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ।

इपिएल तथा अन्य फ्रेन्चाइज लिगका लागि दाउद अन्सारीको संयोजकत्वमा राजु बस्न्यात र हरि रेग्मीको समितिलाई जिम्मेवारि दिइएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?