लक्ष्मण घिमिरे ।
अर्घाखाँची। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तिन बालबालिकाको मृत्यु भएको छ । एक जना घाईते छन् ।
पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तिन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको छ ।
घटनामा १४ वर्षिय सचिन रास्कोटी घाईते भएका छन् । अहिले घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ । तिन वटा शव निकालिएको प्रहरीले जनाएको छ । मंगलवार बिहान पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्को झरेर घर पुरेको थियो ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली सेनाका गुल्मपति वासुदेव पङगेनी, प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी बलका डिएसपी संगम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायत टोली समेत खटिएको छ ।