१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

रोमाञ्चक खेलमा आयरल्यान्डसँग हार्‍यो नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले आठौं वरीयता प्राप्त गरेको छ । आयरल्यान्डले भने सातौं वरीयता पाएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?