१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

इजरायलको जेलबाट ‘शुक्रकिट’को तस्करी

दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दा गर्दै पक्राउ परेका छन् । कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् । रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको शीशी फेला परेको छ ।

योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ । उनलाई एकान्त कारागारमा पठाइएको छ । यो थाहा हुन आएको छ कि तस्करी गरिएको शुक्राणुबाट कैदीहरूका बच्चाहरू जन्माने बिषय प्यालेस्टाइनमा एक धेरै संवेदनशील मुद्दा बनेको छ।

इजरायली जेलमा थुनिएका प्यालेस्टिनीहरुको  ‘तस्करी’ को शुक्रकीटबाट हालसम्म १०० भन्दा बढी बालबालिकाको जन्म भएको बताइएको छ । कैदीहरूका पत्नीहरूले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) मार्फत आफूलाई गर्भाधान गरिरहेका छन्। यस तरिकाले सफलतापूर्वक बच्चा जन्माउन कम्तिमा १० हजार डलर खर्च हुन्छ, जुन सामान्यतया धेरै बढी नै हुन्छ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?