१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाएः एमाले

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ।

बुधवार बसेको नेकपा (एमाले) को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताएका हुन्।

उनले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसावले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गरे।

उनले भने ‘प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमान माथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसदमा भुमिका निर्वाह गर्नेछौँ। संसदमा जोडदार साथ राख्ने। प्रधानमन्त्रीको निजि विषय होइन। देशको स्वाभिमान, जनादेशसँगको विषय हो। यो सामान्य विषय नभएकोले बैठक अवरुद्ध हुनसक्छ। उनले राजनीतिक हिसाबले, नैतिक हिसावले, सबै हिसाबले उनले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार सबै हिसावले गुमाएको परिस्थिति देख्छौँ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोधमा एमाले संसदमा कडा ढंगले प्रश्तुत हुनेपनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?