अभिनेता सारुक ताम्राकारको निधन भएको छ। बिहिबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन्। रातो पुलमा रहेको निजि निवासमा उनले झुण्डिएर आत्महत्या गरेको बताइएको छ।
अभिनेता सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरि बाचेमा’ अभिनय गरेका छन् भने हाल ‘ ह्यासट्याग माया’ माफिल्म छायांकन भैरहेको छ।
बिहिबार पनि सुटिङबाटै घर फर्किएर उनले राति आत्महत्या गरेको उनी निकट स्रोतले बताएको छ। उनी कलाकार सानुकुमार ताम्राकारका छोरा हुन्।