१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजार बढीको मृत्यु

अध्ययन अनुसार वर्षमा २७ हजार बढी नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा करिब २७ लाख १ सय ३७ जनाको मृत्यु एक वर्षमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्छ। पछिल्लो सन् २०१८ को अध्ययन अनुसार उक्त संख्यामा नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना साथै स्वास्थ्य लाइभ मिडियाको सहकार्यमा मधेश प्रदेशमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक श्याम लम्सालले सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह हुन पुगेको बताए। उनले सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्यु नेपालको जम्मा मृत्युको १५ प्रतिशत भएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युमा मुटु सम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको छ। तथ्यांक अनुसार विश्वमा करिब ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुने गर्दछ।  सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको महामारीबाट हरेक वर्ष मृत्यु हुने ८० लाख मध्ये करिव १२ लाख जतिले धुम्रपान सेवन नगरेपनि अरुले गरेको धुम्रपानको धुवाँको असरबाट मृत्यु हुने गरेको प्राध्यापक श्याम लम्सालले बताए।

विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउँन सिफारिस गरेको धेरै भएको छ। कर बढी लगाउँला धेरै कमले सेवन गर्ने अनुमानका आधारमा डब्लुएचओले कर ७५ प्रतिशत लगाउँन सिफारिस गरेको हो। तर, नेपालमा आधा भन्दा कम कर लगाइएको छ। सबै भन्दा पहिला ९० प्रतिशत चेतनामुलक चित्र छापेर अन्तराष्ट्रिय पुरस्कार थाप्न सफल भएको नेपालले कर लगाउँने विषयमा शिर निहुराउनु परेको छ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपाल दक्षिण एसियाकै कम कर लगाउँने देश हो। नेपालमा ३३ प्रतिशत मात्रै कर लगाइएको छ। सबै भन्दा बढी बंगलादेशमा कर लगाइएको छ। त्यहाँ सूर्तीजन्य पदार्थमा ७१ प्रतिशत कर लगाइएको छ। माल्दिभ्समा ६९ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, भारतमा ५४ प्रतिशत सूर्तीजन्य पदार्थमा कर लगाइएको छ।

सरकारले कर बढाउन खोजेपनि सूर्ती उद्योगीहरुले यसलाई प्रभावित बनाउँदै आएका छन्। उनीहरुले ९० प्रतिशत चित्र अंकित पिक्चर नछापेको, सूर्ती खेतिगर्ने किसानहरुले सूर्ती उद्योगको उक्साहटमा मुद्धा हालेको अवस्था छ। यसलाई चिर्न पत्रकारहरुले गंभिर अध्ययन गरेर कलम चलाउँन आवश्यक भएको प्राध्यापक लम्सालले बताए।

सूर्तीजन्य पदार्थ नियन्त्रण नियमनमा भएका कानुनी प्रयास

नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण ऐन, कानून, कार्य–निर्देशिका र रणनीति सूर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) ऐन, २०६८ सूर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) नियमावली, २०६८ सूर्तिजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) निर्देशिका, २०७१ सूर्तिजन्य बस्तुको वक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीका सन्देश र फोटो प्रिन्ट गर्ने र टाँस गर्ने सम्बन्धी निर्देशिका, २०६८ (संसोधन सहित) सूर्तीजन्य पदार्थ नियन्त्रण बिक्री वितरण गर्न गराउन नपाउने कसैले पनि १८ वर्ष नपुगेका व्यक्तिलाई विक्री गर्न नपाउने  गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन। आकर्षण हुने गरि विक्री स्थलमा सजावट गर्न नपाउने निशुल्क वितरण वा उपहार दिन नपाउने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?