२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

दुई टेस्ट राष्ट्रलाई पछि पार्दै एसोसिएट टिम नेदरल्यान्ड्स विश्वकपमा छनोट

नेदरल्यान्ड्स यो वर्षको अक्टोबर-नोभेम्बरमा भारत हुने एकदिवसीय विश्वकपका लागि छनोट भएको छ।

जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट प्रतियोगिताको महत्वपूर्ण खेलमा स्कटल्यान्डमाथि ४ विकेटको जित निकाल्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट भएको हो।

सुपरसिक्सबाट दुई टिम विश्वकपमा पुग्ने प्रावधानअनुरुप नेदरल्यान्ड्स दोस्रो भयो। सुपर सिक्समा नेदरल्यान्ड्सले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष  दुई स्थान हात पार्‍यो।

चार खेलबाट ८ अंक जोडेको श्रीलंका यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। सुपरसिक्समा पुगेका टेस्ट राष्ट्रद्वय जिम्बावे र वेस्ट इन्डिज यसअघि बाहिरिएका थिए। अर्को टेस्ट टिम आयरल्यान्ड भने समूह चरणबाटै बाहिरिएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?