प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ। कृषि समितिको बैठक बिहान साढे ११ बजेका लागि तय गरिएको छ भने दिउँसो १ बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ।
भूमी व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयमा मन्त्री र तथा मन्त्रालयका सचिवहरूसँग छलफल गरिने कार्यसूची छ। पूर्वाधार विकास समितको बैठक मेलम्ची खानेपानी आयोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची छ।
दुबै बैठक समितिको सभाहल सिंहदरबारमा बस्नेछ।