कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम

कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले कुमाल समुदायको पुख्र्यौली पेशा संरक्षण गर्नु अहिलेको आवश्यकता भएकोे बताएका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा संचालन भएको माटाका भाँडा बनाउने तालिमको समापन समारोह कार्यक्रममा बोल्दै कोईरालाले यस्तो बताएका हुन् ।

कुमाल समुदायको बाहुल्यता रहेको सन्धिखर्क ५ बलेवाङमा आवश्यकताको आधारमा तालिम संचालनको लागि समन्वय गरेको वडा अध्यक्ष ऋृषव अधिकारीले बताए । उनले समुदायको उत्थानका लागी समय समयमा यस्ता किसिमका तालिम संचालन गरिने बताए ।

नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण सँगै गाउँमै उद्यमी निर्माण गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले बताए ।

उद्यमका लागि शिपमुलक तालिम ४५ दिन सम्म सञ्चालन गरिएको तालिममा प्रशिक्षण हरि प्रसाद प्रजापतीले दिएका थिए । कार्यक्रममा सन्धिखर्क ५ की वडा सदस्य बसन्ता कुमारी मुखिया लगायत २५ जनाको सहभागीता रहेको थियो ।

समापन कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *