पैसाको लोभमा १५ ओटा बिहे गरेका महेश फसे

पैसाको लोभमा १५ ओटा बिहे गरेका महेश फसे

आफूमाथि अन्याय भएको थाहा भएर पनि सहेर बसियो भने के हुन्छ भन्ने उदाहरण भारतको कर्नाटकमा घटेको घटनाले देखाएको छ। भारतको कर्नााटक राज्यस्थित टुमाकुरू सहरमा क्लिनिक चलाएर बसेको अभिनय गरिरहेका महेश के वी नायकले विभिन्न पेशाकर्मीको अभिनय गरेर सन् २०१४ यता १५ जना महिलासँग बिहे गरे। तीमध्ये चार जनाले त सन्तान नै जन्माए।

तीमध्ये केहीले महेश बदमास छ भन्ने थाहा भए पनि प्रहरीमा उजुरी गरेनन् किनभने जोसँग महेशले बिहे गरेका थिए, ती प्रायः एकल महिला थिए। बल्लतल्ल श्रीमान् पाएका उनीहरूले बहुविवाहको मुद्दा हाल्न रूचाएनन्। उल्टै बरू ती महिलाका धनसम्पत्ति महेशले लुटिरहे।

विवाहसम्बन्धी वेबसाइटमा जाने, सम्भावित महिला छान्ने, उनीहरूको कमजोरी बुझ्ने र पैसावालीसँग बिहे गर्ने बानी बसालेका महेशले आफूलाई कहिले चिकित्सक दाबी गर्थे त कहिले इन्जिनियर। सरकारी कामले विभिन्न ठाउँमा गइरहनुपर्ने बहाना बनाएर धेरै वर्ष धेरैलाई गुमराहमा राखे।

द न्यु इन्डियन एक्सप्रेसका अनुसार, गत वर्ष मात्र एकजना ४५ वर्षीया सफ्टवेयर इन्जिनियर हेमलतासँग उनको विवाह भयो। महिना दिनअघि नयाँ दुलहीका पैसा र गहना हराए। १५ लाख नगद र ८ लाख बराबरका गहना हराउँदा उनका नयाँ श्रीमान् बाहेक शङ्का गर्ने ठाउँ थिएन। त्यसैले गायब भएका श्रीमान्विरूद्ध उनले उजुरी गरिन्। सो उजुरीपछि जब प्रहरीले महेशलाई पक्राउ गरे, त्यसपछि उनका थप १४ जना श्रीमतीका बारेमा खुलासा भएको हो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *