निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको हो ।

जसअनुसार उद्योगी तथा व्यवसायीहरुले १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्नेछ । विभागले उद्योगी व्यवसायी संघ मूल्य अभिवृद्धिको स्वघोषणा, उद्योग दर्ताको प्रमाण, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तुमा प्रयोग भएको कच्च पदार्थ खपतको विवरण पेश गर्न भनेको छ ।

यसरी विरवण पठाउँदा कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्नेछ । यस्तै भन्सारको प्रज्ञापन पत्र, एक्जिम कोडको छाया प्रति, गत आवको लेखा परीक्षण रिपोर्ट, कर चुक्ता प्रमाण पत्र पनि विभागमा पेश गर्नुपर्छ ।

सरकारले नेपालमा उत्पादित तथा नेपालमा कच्चा पदार्थ आयात गरेर ३० देखि ५० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने ३३ प्रकारका वस्तु उत्पादकलाई निर्यातमा नगद अनुदान प्रदान गर्दै आएको छ ।

अनुसूची १ मा समावेश भएका चिया, कफी, बेसार, छुर्पी जस्ता १५ प्रकारका वस्तुको निर्यातमा ५० प्रतिशत मूल्य अभिवृद्धि भए ५ प्रतिशत अनुदान पाइन्छ भने सिमेन्ट, क्लिङ्‍कल लगायतका वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भए ४ प्रतिशत अनुदान पाइन्छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *