आजदेखि बढ्याे आन्तरिक उडानको हवाई भाडा

आजदेखि बढ्याे आन्तरिक उडानको हवाई भाडा

आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएकाे छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जाेडिने भएकाले आन्तरिक उडानकाे हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने जनाएकाे हाे।

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका हुन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

‘सरकारबाट बजेट वक्तव्यमार्फत् अनिवार्य गरेको याे व्यवस्था अनुसार यस सङ्घमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने बेहोरा जानकारी गराइन्छ’, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्नुभयाे ‘इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा भने अतिरिक्त शुल्क लाग्दैन’।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *