काठमाण्डौ-सन्धिखर्क भाडा २५ रुपैयाले घट्यो

काठमाण्डौ-सन्धिखर्क भाडा २५ रुपैयाले घट्यो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ ।

जस अनुसार काठमाण्डौबाट सन्धिखर्क आएको भाडादर २५ रुपैयाले घटेको छ । सन्धिखर्कबाट काठमाण्डौ गएको तथा काठमाण्डौबाट सन्धिखर्क आएको भाडादर यसअँघी १ हजार एकसय ३३ रुपैया रहेकोमा अबदेखी १ हजार एकसय ८ रुपैया कायम भएको छ ।

घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ । घटेको यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *