१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

सभापति चयन हुन नसक्दा संसदीय समितिकाे काम प्रभावित, १० वटा विधेयक विचाराधीन अवस्थामा

संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरू प्रभावित बनेका हुन् ।

अहिले समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरूले बताउँदै आए पनि अहिलेसम्म समितिले सभापति भने पाउन सकेको छैन ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी १० वटा विधेयक विचाराधीन अवस्थामा रहेको बताए। उनले राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एउटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा एउटा, कानुन न्याय तथा मानव अधिकार समितिमा दुई वटा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिए । त्यसबाहेक प्रतिनिधिसभामा छ वटा विधेयक प्रक्रियामा रहेका उनले बताए ।

प्रवक्ता गिरीले समिति बैठक अहिलेसम्म गम्भीर प्रकृतिका विषयवस्तुहरूमा प्रवेश नगरेको बताए। समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उनको भनाइ छ । उनले चुनावपछि समितिले थप गति लिने विश्वास व्यक्त गरे।

प्रवक्ता गिरीले समितिहरूमा सार्वजनिक हित र सरोकारका विषयमा उजुरीहरू परिराखेका पनि बताए । उनले समितिले उजुरीमाथि सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने बताए । यसअघिकै कतिपय उजुरीहरू पनि यथावत् रहेका र नयाँ उजुरीहरू पनि परिरहेका गिरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?