प्रेस युनियन अर्घाखाँचीको नेतृत्वमा लक्ष्मण घिमिरे

भिम विश्वकर्मा ।
अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा सर्वसहमत रुपमा लक्ष्मण घिमिरे चयन भएका छन् । सदरमुकाम सन्धिखर्कमा भएको आठौं जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्सीय कार्यसमिति गठन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सरिता न्यौपाने भुसाल, अम्बिका बेल्बासे श्रेष्ठ, सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा सागर महत, सह–सचिवमा भावना मगर, हलिम खान निर्वाचित भएका छन् । यस्तै सह–कोषाध्यक्ष तथा प्रवक्ताको जिम्मेवारी विक्रम पाण्डेले पाएको केन्द्रिय प्रतिनिधि सविना पौडेलले बताईन् ।
सदस्यहरुमा विष्णुभक्त पोखरेल, कुलराज खनाल, कमला घिमिरे, सन्तोष केसी, सुजन न्यौपाने, ईन्द्रलाल रेग्मी, केशव ज्ञवाली, रेखा बिक, प्रतिमा पाण्डे र कृष्ण परियार निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै लम्सालले पत्रकारको विषयमा राज्यले ध्यान नदिएको बताए । आफुहरुले पटक–पटक ध्यानाकर्षण गराईरहेको भएपनि सरकारले महत्व नदिएको उनले बताए ।