बिपी स्मृती दिवसमा कांग्रेस अर्घाखाँचीद्वारा वृक्षारोपण

बिपी स्मृती दिवसमा कांग्रेस अर्घाखाँचीद्वारा वृक्षारोपण

अर्घाखाँची । बिपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस अर्घाखाँचीले वृक्षारोपण गरेको छ । जननायक बिपी कोईरालाको ४१ औं स्मृती दिवसको अवसरमा शनिवार अर्घाखाँचीको शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा बिरुवा रोपेर दिवस मनाएको छ ।

वृक्षारोपण पश्चात क्याम्पस प्रांगणमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कानले बिपी कोईरालाको भौतीक शरिर नभएपनि उहाँको विचारले नेपाललाई डोर्‍याएको बताए । बिपीलाई त्यत्तीकै महामानव नभनिएको भन्दै विश्व ध्रुविकरण भएका बेला नयाँ विचार प्रतिपादन गरेर उहाँ विश्व माझ परिचित भएको उनले बताए । ‘विश्व दुई ध्रुवमा बाँडिएका थिए । एउटा पुँजीवाद,अर्को साम्यवाद । बिपीले लोकतान्त्रिक समाजवादको धारणा अँघी सार्नुभयो र विश्वलाई नयाँ विचार दिनुभयो त्यसैले उहाँलाई महामानव भनिएको हो ।’

कार्यक्रममा पुर्व पार्टी सभापती कमल प्रसाद भुसालले बिपीलाई बर्षको एकदिन सम्झिएर मात्र नपुग्ने बताए । बिपीको विचारलाई आत्मसाथ गरेर अँघी नबढ्ने हो भने समाजबाट मानवता हराएर जाने उनले बताए । बर्षमा एक दिन सम्झने र अन्य दिन बिपीले देखाएको बाटो भन्दा विपरित गर्दै जाने हो भने उहाँको स्मरण गर्नु व्यर्थ जाने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला सभापती केशव श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमशेर मियाँ, क्याम्पस प्रमुख बुद्धी भुसाल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरे, कांग्रेस जिल्ला सहसचिव कमल पौडेल लगायतले बोल्दै बिपीको विचार भन्दा ठुलो अरु कुनै विचार नभएको, बिपीको त्याग भन्दा ठुलो अरु कुनै त्याग नभएको, बिपीको योगदान भन्दा ठुलो अरु कुनै योगदान नभएको बताएका छन् । उहाँले छोड्नु भएको विचार नै देश बनाउने मार्गचित्र भएको भन्दै उहाँको विचार छोड्दै जाँदा राष्ट्रले पनि प्रगती गर्न नसकेको बताए । उहाँको राजनिती जिवनसंगै साहित्यमा पनि ठुलो योगदान रहेको चर्चा गर्दै उहाँको मार्गचित्रमा हिड्न सक्नु नै जिवन सार्थक बन्नु रहेको उनीहरुको भनाई थियो ।

दिवसको सन्दर्भमा पाणिनी क्याम्पसको जिर्ण भवन, आर्थिक अवस्थाका विषयमा समेत चर्चा भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले २०४५ सालमा स्थापना भएको क्याम्पसको भौतीक र आर्थिक अवस्था उकास्न नसकिएको भन्दै अब यस्को निकास खोज्नु पर्नेमा चिन्ता व्यक्त गरेका छन् । जिल्लामा रहेको महत्वपुर्ण शैक्षिक संस्थाको अवस्था सुधार्न हर सम्भव प्रयत्न गरिरहेको र छिटै परिणाम ल्याउनेमा प्रतिबद्ध रहेको नेताहरुको भनाई थियो ।

क्याम्पस परिसरमा करिब एक सय बिरुवा रोपिएको छ भने वृक्षारोपण कार्यक्रमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, पुर्व पदाधिकारी, महाधिवेश प्रतिनिधी, जनप्रतिनिधी, भातृ तथा सुभेच्छुक संस्था लगायत १२५ जना कांग्रेसीजनको उपस्थिीती रहेको थियो । कार्यक्रम जिल्ला सभापती केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

४१ औं बिपी स्मृती दिवस अर्घाखाँचीका ६ वटै पालिकामा वृक्षारोपण गरेर मनाईदैं छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *