काँग्रेस केन्द्रिय समिति बैठक भारदारी सभाजस्तो भयोः गुरुराज घिमिरे

काँग्रेस केन्द्रिय समिति बैठक भारदारी सभाजस्तो भयोः गुरुराज घिमिरे

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन्। उनले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताए। उनले पार्टी केन्द्रिय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिए।

उनले भने ‘केन्द्रिय कार्यसमितिमा जति गम्भिरता हुनुपर्ने त्यति गम्भिरता मैले देखिनँ। केन्द्रिय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला। मलाई भारदारी सभाजस्तो लाग्यो। महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन्। त्यतैतिर अभिव्यक्ति आउँछन्। नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो। नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन। पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ। दुःख र कर्म फरक हो। दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ। केन्द्रिय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउनुभएन। दुःख प¥यो भनिदिनु भयो। कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिदैन। त्यो कर्म हो। उहाँकै कर्मले हो। जतिपनि व्यक्तिहरु आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस्।’

उनले काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए। आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गरे। दोषि भएमा खाँणलाई कारबाही गर्नुपर्ने उनको भनाई छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *