१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने दाबी गरेका छन् ।
मंगलबार आफ्नो समूहले गरेको कार्यक्रममा उपसभापति गुरुङले अहिले नै सभापति बदल्न नसक्ने बताए नपुग्ने कुरा नगर्ने भन्दै उनले भने, ‘अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’
कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताए । एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको उनले बताए ।
टिप्पणी