३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

शेयर बजार ३६ अङ्कले घट्यो, २ अर्ब ९१ करोड रुपैयाँको कारोबार

लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार उच्च अङ्कले घटेको छ । हिजो साेमवार साढे २६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव १९ अङ्कले घटेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा झरेको छ ।

बजार घटेकाे दिन होटल र पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि किसान लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७७ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ९१ करोड सात लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो चार अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?