२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिंदै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रुप दिन नेताहरु गृहकार्यमा व्यस्त छन् । केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई अन्तिम टुंगो लगाउन आज बिहान ११ बजे पुनः पदाधिकारीको बैठक बस्दै छ ।

यसअघि मंगलबार पनि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेर निर्णयको मस्यौदा तयार पार्ने जिम्मा नेताहरुलाई दिएको थियो ।

ती नेताहरुले आजको पदाधिकारी बैठकमा मस्यौदा पेस गर्नेछन् । त्यसपछि सभापति र महामन्त्रीहरुले निर्णयको मस्यौदालाई अन्तिम रुप दिएर अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् । केन्द्रीय समितिको बैठक आज अपराह्न चार बजे बस्दै छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा सुरु भएको थियो । बैठकमा महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाले पार्टीको एक वर्षे कार्ययोजना प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिका साथै कार्ययोजनामा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

केन्द्रीय सदस्यहरुको सुझावको आधारमा आजको बैठकमा महामन्त्रीले संशोधित कार्ययोजना पनि पेस गर्नेछन् । त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?