६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

अर्घाखाँची : मकैबालीमा दिनभरी बाँदर, रातभरी बँदेल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ । धान फाल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन् ।

किसानहरुको खेतबारीमै बास् छ । अन्नबाली जोगाउन अनेक उपाय अपनाएपनि जनावरले छक्याएर अन्नबालीमा क्षती पु¥याईरहेका छन् । पालैपालो बारीमा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसान हैरान भएका छन् ।

‘दिनभरी बाँदर लखेट्छौं, रातभरी बँदेल धपाउँछौं, भुमिकास्थान–९ का ईन्दु पोख्रेल भन्छिन्,‘चौबिसै घन्टा पहरेदारी गर्दापनि कता बाट आउँछ अनी सोत्तर बनाएर जान्छ थाहा नै हुन्न ।’ मकै जोगाउन बिहानै झिसमिसेबाट खेतबारीमा पुग्ने किसान बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । अन्नपात लगाउन र हुर्काउन जस्तै बाँदर र बँदेलबाट जोगाउन सास्ती भएको किसान बताउँछन् ।

जिल्लाको भुमिकास्थान नगरपालिकाको ढिकुरा, धनचौर, नुवाकोट सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, वाङला, डिभर्ना, खाँचीकोट शीतगङ्गा नगरपालिकाका सबै गाउँ, पाणिनि गाउँपालिकाको धातिबाङ, अड्गुरी, पाली, मालारानी गाँउपालिका र छत्रदेव गाउँपालिकाका प्रायजसो गाउँहरुमा जनावरले किसानका अन्नबालीमा क्षती पु¥याएको छ ।

‘बाँदरको हुल बारीमा पस्यो भने छिनभरमा मकै सखाप पार्छ,‘दिनभरी जोगायो रातभर बँदेलको डर छ । यो ठुलो समस्या देखिएको छ । मानिसको नियन्त्रण भन्दा बाहिर जान थालेको छ । अन्नबाली संगै मानिसमाथी नै आक्रमणको सम्भावना छ । स्थानिय सरकारले छिटै उपायहरु खोज्नुपर्छ ।’ सन्धिखर्क–२ का शालिक पोख्रेलले भने ।

हुलका हुल आउने बाँदरको बथानले मानिस र कुकुरलाई समेत टेर्न छोडेका छन् । एक्लोदुक्लो मान्छे देख्दा फरक नपर्ने बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र नभएर मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने, भाँडाकुँडा लिएर हिंड्ने गरेको छ । बाँदर दिँउसोमा आउने भएकाले गाउँका सबै मिलेर लखेटेपनि रातीमा आउने बँदेल नियन्त्रण गर्न सकस छ । बत्ती बालेर, साउन्ड सिस्टम बजाएर छोड्दा पनि अहिले बँदेल डराउँदैन । शितगंगा र भुमिकास्थानका अन्नबालीमा बढी बँदेलले क्षती पु¥याएको छ ।

स्थानिय सरकारले सुरुसुरुमा जनावरबाट अन्नबाली जोगाउन हेरालुको व्यवस्था सम्म गरे । सुरुमा केही प्रभावकारी देखिएपनि पछी त्यसको औचित्य समाप्त हुँदै गयो । अहिले जिल्लाका स्थानिय तहहरु, जिल्ला समन्वय समिति, कृषी ज्ञान केन्द्र, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकाय मकैबाली जोगाउने उपाय खोजिरहेका छन् । विभिन्न प्रयासहरु विफल भएपछी नयाँ उपायहरुको खोजीमा जुटेका छन् ।

समयमा नियन्त्रणका उपायहरु नखोजिंदा तथा स्थानिय सरकारले बेलैमा ध्यान नपु¥याउँदा किसानको मेहनत खेर जाने अवस्थामा छ । बाँदर र बँदेलकै समस्याका कारण कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।

बँदेलको हैरानीले विद्युतिय पाँसो थापेका कतिपय किसानका बारीमा करेन्ट लागेर केहीले ज्यान समेत गुमाईसकेका छन् । बाँदर धपाउँदा केही वर्ष अँघी बन्दुकले लागेर शितगंगामा एक जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?