६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।

 २०७० सालयताको विवरणलाई हेर्ने हो भने लगानीकर्ताहरू कुनै न कुनै रूपमा जोगिने र बिचौलियाको भूमिकामा रहने तथा कमिसनको लोभमा तस्करीको सुनलाई तोकिएको स्थानसम्म पु¥याउनेहरू मात्रै पक्राउ पर्ने गरेका छन्। नेपाल प्रहरीका अनुसार एक दशकको अन्तरालमा करिब ८०० जना व्यक्तिहरू सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। प्रहरी र कर्मचारीबाहेकलाई हेर्ने हो भने ७२२ जना यो प्रकरणमा पक्राउ परेका छन्। तर उनीहरूमध्ये करिब ८० प्रतिशत भरिया मात्रै हुन्।

२०७० असार २६ गते चीनको खासाबाट नेपाल ल्याइएको ३५ किलो सुन बा३ख २५७० नम्बरको टाटा बक्स कन्टेनरबाट तीन जना व्यक्तिको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कोटेश्वरबाट बरामद गरेको थियो।

३५ किलो २०७० असार २६ गते  सुन बरामद भएको बा३ख २५७० नम्बरको कन्टेनरका चालक निमा छिरिङसहित चारजना पक्राउ परेका थिए ।

सुन बरामद भएपछि कन्टेनरका चालक निमा छिरिङलाई समेत प्रहरीले नियन्त्रणमा लियो। चालक निमाको बयानका आधारमा सुनका एमके भनिने मोहन अग्रवाल, कन्टेनरका मालिक ओमबहादुर बज्राचार्य, घ्याम्पे लामालाई प्रहरीले पक्राउ गरेको थियो। तीनै जना जिल्ला अदालतको आदेशअनुसार धरौटीमा छुटे।

नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।

त्यतिबेला एमके अग्रवाल मालिक थिए। तर प्रहरीले उनको मात्रै सुन भएको भनेर पत्याउन सकेन, अग्रवालले अरूको पोल खोल्दै खोलेनन्। त्यसैगरी साढे ३३ किलो सुन तस्करीमा चूडामणि उप्रेती ‘गोरे’लाई पनि मालिककै रूपमा प्रस्तुत गरेर उनलाई जेल चलान गरिएको छ। दुबईबाट नेपाल ल्याइएको सुनको लगानीकर्ता उनी मात्रै हुन् भन्नेमा प्रहरी सशंकित छ। अन्य व्यक्तिहरू रहेको प्रमाणित भए पनि अहिले उनीमात्रै जेलमा रहेका छन्।

२०७१ कात्तिक १९ गते झापाबाट यात्रुवाहक बसमा काठमाडौं आउँदै गरेका दोर्जे शेर्पा सात किलो सुनसहित पक्राउ परेका थिए। ताप्लेजुङको तापुङ–४ घर भई जोरपाटी बस्ने उनी कम्मरमा सुन बाँधेर ल्याउँदै गर्दा थानकोट प्रहरीको चेकिङमा समातिएका थिए।

प्रहरीका अनुसार यस नाका हुँदै काठमाडौं भित्रिने क्रममा सुन समातिएको यो पहिलो घटना थियो। तर त्यतिबेला पक्राउ परेका शेर्पाले त्यो सुन आफ्नो नभएको र आफूलाई काठमाडौंमा कोहीकसैलाई भेट्ने गरी सामान पठाएको बयान दिएका थिए। प्रहरीले त्यो सात किलो सुनको मालिक फेला नपारी भरियालाई मात्र राजस्व अनुसन्धान विभागमा बुझाएको थियो।

२०७३ पुस २१ गते तस्करीबाट भित्रिएको साढे ३३ किलो सुनमा सिआइबीले संगठित अपराधअन्तर्गत पहिलोपटक अनुसन्धान गरेको थियो। सो मुद्दामा प्रहरी आफैंले अनुसन्धान गर्दा कर्मचारी र प्रहरीकै मिलेमतोमा संगठित रूपमा भइरहेको सुन तस्करीको जालोलाई केही हदसम्म बाहिर ल्याउने कोसिस भएको थियो। त्यतिबेला प्रहरीले आफ्नै एसएसपीदेखि भन्सारका कर्मचारीलाई सम्म हतकडी लगायो। पक्राउ गर्न नसके पनि प्रहरीको अनुसन्धान मुख्य तस्करहरूसम्म पुगेको थियो।

सिआइबीले १३ जना पक्राउ गरेकोमा एसएसपी श्याम खत्री र वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठ धरौटीमा छुटे। विमानस्थल भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव तथा एक्सरे टेक्निसियनहरू राजकुमार ढकाल र श्याम श्रेष्ठ तथा तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीलाई अदालतले जेल पठायो।

२०७१ कात्तिक १९ गते झापाबाट यात्रुवाहक बसमा काठमाडौं आउँदै गरेका दोर्जे शेर्पा सात किलो सुनसहित पक्राउ परेका थिए। ताप्लेजुङको तापुङ–४ घर भई जोरपाटी बस्ने उनी कम्मरमा सुन बाँधेर ल्याउँदै गर्दा थानकोट प्रहरीको चेकिङमा समातिएका थिए।

त्यतिबेला अनुसन्धानका क्रममा तस्करीका मुख्य नाइके हरिशरण खड्का, रोशन (गुप्तलाल) भुसाल, राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं, गोपी भुसाल भएको खुलेको थियो। उनीहरूविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो। डेढ वर्षमा विमानस्थलबाट करिब दुई हजार केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको थियो।

भन्सार कर्मचारी र प्रहरीलाई प्रभावमा पारी उक्त गिरोहले संगठित रूपमा सुन तस्करी गर्दै आएको प्रहरी अनुसन्धानबाट देखियो। चूडामणि उप्रेतीचाहिँ पछिल्लो सोढे ३३ किलो सुन तस्करीमा पक्राउ परे अन्य अदालतमा हाजिर भएर छुटे। यही मुद्दामा पहिलोपटक उच्च अदालतले सुन तस्करीलाई संगठित अपराध मानेर फैसला गरेको थियो।

गत चैत २८ मा न्यायाधीशद्वय सुभाष पौडेल र रमेश ढकालको इजलासले गरेको फैसलाले संगठित अपराध मानेको हो। २०७७ चैतमा जिल्ला अदालत काठमाडौंले संगठित अपराध कसुर स्थापित नहुने फैसला गर्दै भन्सार चोरी पैठारीमा ३३ अभियुक्तमध्ये ११ जनालाई दोषी ठहर गरेको थियो। त्यसविरुद्ध सरकार र कसुरदार दुवै पक्षले पुनरावेदन गरेका थिए।

२०७४ सालको भदौ १९ गते ८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याउने चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी थिए। तर उनी सुन तस्करीका मुख्य मालिक थिएनन्।

पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वानले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सञ्जाल सञ्चालन गर्दै आएको भए पनि उनी सुनका खास मालिक थिएनन्। सो सुन बरामद गर्नुभन्दा ठीक एक साताअघि सिआइबीले १५ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो। पक्राउ सातजनै भरिया थिए। २०७३ सालको पुसमा प्रहरीले आठ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्‍यो। उनीहरूलाई भारतीय नागरिक भागीरथ चौधरीले सुन सप्लाई गर्दै आएको बताए पनि उनीहरू बिचौलिया मात्रै थिए। चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई दिने र नबिकेको सुन भारतीयलाई पठाउने गरेको खुलेको थियो।

पछिल्लोपटक विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन कसको हो भनेर केही खुलेको छैन। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तस्करीको आशंकामा एक भारतीय नागरिक र एक चिनियाँ नगारिकसहित भन्सार एजेन्ट, ट्याक्सी चालक, भन्सार कर्मचारी, सुन आयात गर्ने कम्पनीका सञ्चालकहरू मात्रै पक्राउ परेका छन्।

२०७४ सालको भदौ १९ गते ८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याउने चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी थिए। तर उनी सुन तस्करीका मुख्य मालिक थिएनन्।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन अनुसन्धानका क्रममा व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको छ। अन्य तीन व्यापारीलाई रेड जोनमा राखेर अनुसन्धान गरिरहेको छ। यद्यपि अहिलेसम्म १०० किलो सुनको मालिक को हो भन्नेबारे राजस्व अनुसन्धान विभाग अझै अन्योलमा छ। विभागले सुन आयात गर्ने रेडी ट्रेडको गोदाममा छापा मार्दा त्यहाँ भेटिएका ब्रेक सुुबाट सुन निकालेर अर्कोतिर सारिएको पाइएको छ। विभागले स्रोतले दिएको जानकारी अनुसार १ हजार ३२० थान ब्रेक सुुबाट सुन झिकेको पाइएकोे हो। १ हजार ग्राम तौलको एक थान ब्रेक सुुबाट ५५५ ग्राम सुन झिकेको र सबै ब्रेक सुबाट गरी ७३२.६ केजी सुन झिकेको पाइएको हो।

तस्करहरू शक्तिशाली छन् 

पुष्कर कार्की,पूर्वएआइजी

विभिन्न समयमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको छ, राज्यलाई सुझाव दिएको छ तर कहीँकतै लागु भएको देखिन्न। विगतमा प्रहरीले दिएका सुझाव कार्यान्वयन गर्ने हो भने भरिया मात्रै होइन, मालिकहरू पनि पक्राउ पर्छन्। यस्तो अपराधको लामो समय अनुसन्धान गर्नुपर्ने हुन्छ। सुन तस्करीमा खास मालिकहरू पक्राउ पर्दैनन्। घटनालाई कि त अनुसन्धानका नामबाट टुंगो लगाइन्छ कि त कार्यादेशलाई देखाएर प्रतिवेदन मात्र बुझाइन्छ। जसले गर्दा भरियाहरू समातिने र मालिकहरू उम्कने गरेका छन्। यसबाट के बुझिन्छ भने सुन तस्करहरूको पहुँच बलियो छ, उनीहरू शक्तिशाली छन्।

कतिपय सन्दर्भमा प्रहरीलाई नै टाढा राखेर अनुसन्धान गरिन्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) यस्तै जटिल प्रकृतिको अपराध अनुसन्धानका लागि बनेको निकाय हो।

विभिन्न समयमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको छ, राज्यलाई सुझाव दिएको छ तर कहीँकतै लागु भएको देखिन्न। विगतमा प्रहरीले दिएका सुझाव कार्यान्वयन गर्ने हो भने भरिया मात्रै होइन, मालिकहरू पनि पक्राउ पर्छन्।

२०७४ सालमा बनेको साढे ३३ किलो सुन तस्करीबारे अनसन्धान गर्न बनेको टोलीमा प्रहरीलाई सहभागी त गराइयो तर त्यहाँ निजामतीलाई संयोजक बनाइयो । जसले गर्दा प्रहरीभित्रै फाटो सिर्जना भयो। त्यसयता सुन बरामद गर्ने विषयमा प्रहरीले ध्यान दिन छाड्यो। तस्करीमा मुछिएकाबाहेक निर्दोष प्रहरी पनि फसे। जसले गर्दा प्रहरीमा फुटाऊ र राज गर भन्ने सिद्धान्त हाबी भयो। अहिले १०० किलो सुन बरामद गरिएको विषयमा पनि प्रहरीलाई बाहिर राख्न खोजियो। केही दिनपछि मात्रै प्रहरीलाई सहभागी गराइएको छ। संगठित अपराधमा अनुसन्धानमा प्रहरीलाई बाहिर राखेर गरिने अनुसन्धान कहीँ न कहीँ अपुरो हुन्छ। यो विशिष्टीकृत रूपमा गरिने अनुसन्धान हो। खासगरी अन्तरदेशीय आर्थिक अपराध भएकाले दक्षताको पनि ख्याल गर्नुपर्छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?