जिल्ला प्रशासन कार्यालय अर्घाखाँची : राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची : राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र कार्ड वितरण कार्य सुरु गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर-८ निवासी रिता गैरे भुसालले अर्घाखाँचीबाट पहिलो परिचयपत्र कार्ड प्राप्त गरेकी छिन् । २०७७ साल माघ १८ मा राष्ट्रिय परिचयपत्रका लागी आवेदन दिएकी गैरेले आईतवार कार्ड प्राप्त गरेकी हुन्।

२०७७ असार ३० गतेबाट जिल्ला प्रशासन कार्यालयमा आवेदन लिन सुरु गरिएको थियो । तिन वर्षपछी पहिलो चरणमा अर्घाखाँचीका २ हजार ४८ जनाको परिचयपत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए । उक्त परिचयपत्र कार्डहरु तीन चरणमा वितरण हुने उनले बताए । ‘प्रतीदिन २५० जना लाई एसएमएस मार्फत जानकारी गराउँछौं, प्रजिअ ढकालले भने,‘पिनकोड राखेर एक्टिभ गर्नुपर्ने हुन्छ । प्रक्रिया मिलाएर वितरण गर्छौं ।’

परिचयपत्र वितरण गर्दा पिनकोड राखेर एक्टिभेट गराउनु पर्ने हुन्छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र जिल्लाबाट पहिलो पटक वितरण गरिएको छ । तीन वर्षअँघिदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन सुरु भएकामा अहिले पहिलो चरणमा वितरण गर्न लागिएको हो ।

अर्घाखाँचीमा हालसम्म ५२ हजार १ सय ९ जनाले परिचयपत्रका लागी आवेदन दिएका छन् । जसमध्ये जिल्ला प्रशासन कार्यालयमा २८ हजार १६२ जना र घुम्ती अभियान मार्फत २३ हजार ९४७ जनाले परिचयपत्रका लागी फारम भरेको परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर धनकाला पाण्डेले बताईन् ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिइ बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *